अनुसन्धान

द्रुत मस्तिष्क विकासले बौद्धिक विकलांगताको जोखिम बढाउँछ


मानव मस्तिष्क को सामान्य भन्दा छिटो विकास हुनु मनुष्यको राम्रो होइन, खतराको सङ्केत हो । एक अध्ययनका अनुसार यस्तो हुँदा मानिसमा बौद्धिक अपाङ्गता वा अटिजम विकसित हुने सम्भावना हुन्छ ।

बेल्जियमको फ्लेमिश इन्स्टिच्युट फर बायोटेक्नोलोजीका अनुसन्धान कर्ताहरूले गरेको यो अध्ययन न्युरोन जर्नलमा प्रकाशित भएको छ ।

प्रमुख अनुसन्धान कर्ता बेन वर्माके का अनुसार अध्ययनको निष्कर्षले बौद्धिक अपाङ्गता र अटिजमको उपचार लाई बुझ्न र विकसित गर्न महत्वपूर्ण योगदान पुर्याउने छ ।

वास्तवमा, मस्तिष्क कोशिकाहरू अर्थात् न्यूरोन्सहरू पूर्ण रूपमा परिपक्व हुन वर्षौं लाग्छ । यसलाई ‘नियोटेनी’ भनिन्छ । यी मानिसहरूका लागि विशिष्ट उन्नत संज्ञानात्मक (सोच्ने बुझ्ने) प्रक्रियाहरू लाई विकसित गर्न महत्वपूर्ण मानिन्छ । र जिन ‘एसवाईएनजीएपी १’, यी न्युरोन्स लाई लामो समय सम्म विकसित हुनमा सघाउँछ । यो मस्तिष्कको उचित कार्यका लागि महत्वपूर्ण हो ।

अनुसन्धान कर्ताहरूले पत्ता लगाए कि यो जीनमा परिवर्तन वा उत्परिवर्तनले यो प्रक्रियालाई बाधा पुर्याउन सक्छ, जसले बौद्धिक अपाङ्गता र अटिजम हुन सक्छ ।

अटिजम के हो ?

अटिजम एक मानसिक विकार हो, जसले सोच्न, सञ्चार गर्ने र सामाजिक सङ्केतहरू बुझ्न कठिनाइ निम्त्याउँछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार अटिजम, जसलाई अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) पनि भनिन्छ, मस्तिष्कको विकास सँग सम्बन्धित अवस्थाहरूको विविध समूह हो। करिब १०० मध्ये १ बालबालिकालाई अटिजम हुन्छ। धेरै कम र मध्यम आय भएका देशहरूमा अटिजम को व्यापकता अज्ञात छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!