विज्ञान

‘तीव्र गतिले विहिवार पृथ्वीको नजिक आउँदैछ विशाल क्षुद्र ग्रह, एलर्ट भयो नासा’ , के पृथ्वीको लागि खतरा छ?


अमेरिकी अन्तरिक्ष एजेन्सी नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले एउटा विशाल उल्का पिण्ड को बारेमा अलर्ट जारी गरेको छ । यो ‘एस्टोराइड २०११ एनडब्लु १’ , हो जो ३८० फिट को एउटा विशाल क्षुद्र ग्रह हो । यो डरलाग्दो गतिमा पृथ्वीतर्फ बढिरहेको छ ।

पृथ्वीको नजिक वाट धेरै जसो जाने साना क्षुद्र ग्रहहरू को विपरीत, यो एक विशाल भवन जस्तो आकारको छ । त्यसैले यो चिन्ताको विषय हो । उल्का पिण्ड पृथ्वी सँग ठक्कर खादा ठूलो विपत्ति आउन सक्छ ।

यो क्षुद्र ग्रह अहिले २८,९४६ किलोमिटर प्रति घण्टाको गतिमा यात्रा गरिरहेको छ । सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिज (सीएनईओएस) को तथ्याङ्क अनुसार उक्त क्षुद्र ग्रह २८,९४६ किलोमिटर प्रति घण्टाको गतिमा पृथ्वी तर्फ बढी रहेको छ ।

यो क्षुद्र ग्रह पृथ्वीको नजिक आउँदा यसको पृथ्वी वाट दूरी ७१ लाख किलोमिटर हुनेछ । नासाको जेट प्रोपल्सन लेवोरेट्रि को अनुसार यो जुलाई २५ मा पृथ्वीको सबैभन्दा नजिकबाट गुज्रिनेछ । खगोलीय दृष्टिकोणबाट यो दूरी धेरै धेरै बढी होइन । यदि यो आफ्नो मार्ग (ट्रैजेक्टरी) बाट विचलित भयो भने यसले पृथ्वीको लागि विनाशकारी परिणामहरू निम्त्याउन सक्छ ।

के पृथ्वीको लागि खतरा छ?

एस्टोराइड२०११एनडब्लु१’ पृथ्वीको नजिक भए पनि आत्तिनु पर्ने अवस्था नरहेको नासाले जनाएको छ । अन्तरिक्ष एजेन्सीले क्षुद्र ग्रहको ट्रैजेक्टरी लाई ध्यान पूर्वक निगरानी गरिरहेको छ । अन्तरिक्ष एजेन्सीले यो पृथ्वीलाई कुनै खतरा नगरी सुरक्षित दूरीमा पार गर्ने जनाएको छ । यही कारणले गर्दा यस क्षुद्र ग्रहलाई खतरनाकको रूपमा वर्गीकृत गरिएको छैन । यद्यपि, पृथ्वी तर्फ यति ठूलो क्षुद्र ग्रहको उपस्थितिले पृथ्वी नजिकका वस्तुहरूको बारेमा चिन्ता बढाउँछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!