अनुसन्धान

‘काँचो कुखुराको मासु बाट साल्मोनेला सङ्क्रमणको जोखिम’


काँचो कुखुराको मासु बाट मानिस लाई साल्मोनेला सङ्क्रमणको जोखिम हुने एक अनुसन्धानले देखाएको छ, यसमा धेरै मात्रामा विषाक्त तत्व पाइन्छ ।

अमेरिकाको इलिनाय अर्बाना शैंपेन युनिभर्सिटी का अनुसन्धान कर्ताहरूले यस्ता उच्च जोखिम युक्त दूषित पदार्थ पत्ता लगाउने र त्यसलाई रोक्ने प्रयास गर्न सुझाव दिएका छन् ।

अध्ययनका सह लेखकर विश्वविद्यालयको खाद्य विज्ञान तथा मानव पोषण विभागका सहप्राध्यापक मैट स्टैसिविक्जले भने, ‘पोल्ट्री उद्योगले विगत दुई दशक देखि पोल्ट्रीमा साल्मोनेला सङ्क्रमणको घटनामा कमी आएको देखे पनि यी रोगाणुवाट बिरामी हुनेको सङ्ख्यामा कमी आएको छैन ।’

साल्मोनेला ब्याक्टेरियाको २,६०० भन्दा बढी सेरोटाइपहरू, वा उप समूहहरू अवस्थित छन् । यद्यपि साल्मोनेला केन्टकी अमेरिकी कुखुराहरूमा सबैभन्दा सामान्य सेरोटाइपहरू मध्ये एक हो, तर यसले मानिसमा रोग निम्त्याउने सम्भावना कम हुन्छ । यसको तुलनामा, तीन थप घातक स्ट्रेनहरू लाइ साल्मोनेलोसिसको थुप्रै प्रकोपहरू सँग जोडिएको छ ।

गणितीय विधि प्रयोग गरेर, टोलीले प्रत्येक स्ट्र्रेन बाट बिरामी हुने जोखिम अनुमान गर्न विभिन्न स्तरहरू र सेरोटाइप सीमा हरु निर्धारण गरे । जर्नल अफ फुड प्रोटेक्शन मा प्रकाशित अध्ययनका अनुसार ,‘बेस लाइन (आधारभूत) गणनाले प्रति १० लाख कुखुराको मासुमा साल्मोनेलोसिसको लगभग दुई वटा केसहरू अनुमान गरिएको छ ।’

साल्मोनेला केन्टकीमा रोगको जोखिम एक प्रतिशत भन्दा पनि कम मानिसमा देखा पर्यो । तर एन्टरिटिडिस, इन्फेटिस वा टाइफिम्युरियम सेरोटाइप भएका उच्च स्तरीय उत्पादनहरूमा रोगको ६९ प्रतिशत देखि ८३ प्रतिशत सम्म देखाएको छ ।

खोजहरूले पोल्ट्री उद्योगलाई यसको प्रक्रियाहरू सुधार गर्न र व्यवस्थापन गर्न रणनीतिहरू खोज्न मद्दत गर्न सक्छ । यद्यपि, अनुसन्धान कर्ताहरूले जोड दिए कि उपभोक्ताहरूले कुखुरा को मासु तयार गर्दा खाना सुरक्षा दिशानिर्देशहरू पालना गर्नु पर्दछ, जस्तै आफ्नो हात धुने, क्रस कन्टामिनेसन (ब्याक्टेरिया, भाइरस वा अन्य गैर खाद्य पदार्थहरू जस्तै धूलो र फोहोर) बाट जोगिने र मासु ठीक सँग पकाएको छ वा छैन भन्ने बारे सुनिश्चित हुनु ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!