‘सिङ्गापुरमा झ्याउँ कीरी, फट्याङ्ग्रा, सलह, रेशम, लगायतका १६ कीराहरू मानव भोजनका रूपमा खान मिल्ने’
सिङ्गापुर फुड एजेन्सी (एसएफए) ले १६ प्रजातिका कीराहरूलाई खाद्य उपभोगको लागि अनुमोदन गरेको छ । यो फैसला कीट आधारित खाद्य उद्योगलाई एउटा नयाँ दिशा दिन लिइएको हो ।
खाद्य उपयोगको लागि अनुमति प्राप्त कीराहरूमा विभिन्न प्रजातिका झ्याउँ कीरी (क्रिकेट), फट्याङ्ग्राहरू, सलहहरू, खाने कीराहरू र रेशम कीरा (मिल वर्मस) हरू पर्छन् ।
सिङ्गापुर को अङ्ग्रेजी दैनिक ‘द स्ट्रेट टाइम्स’, मा प्रकाशित समाचार अनुसार जुलाई ८ तारिखमा मा एसएफएले उक्त अनुमोदन गरेको हो ।
कीराहरूलाई मासुको लागि थप दिगो विकल्पको रूपमा संयुक्त राष्ट्र खाद्य र कृषि सङ्गठनले प्रस्तुत गरेको छ, किनभने तिनिहरू सँग उच्च प्रोटिन सामग्री हुन्छ र उत्पादन गर्दा कम हरित गृह ग्याँस उत्सर्जन गर्दछ ।
मानव उपभोग वा पशुधनको दानाको लागि कीराहरू आयात गर्न वा पालन गर्न चाहनेहरूले एसएफए द्वारा जारी दिशानिर्देशहरू पालना गर्नुपर्छ ।
आयातित कीराहरूको पाल्ने काम आधिकारिक प्रतिष्ठानमा गरिएको हुनु पर्ने र यसलाई जङ्गल बाट नल्याइएको हुनु पर्ने निर्देशिकामा स्पष्ट गरिएको छ । यसको उद्देश्य खाद्य सुरक्षा कायम राख्नु र उपभोक्ताहरूलाई सुरक्षित खाना उपलब्ध गराउनु हो ।
स्मरण रहोस् सिङ्गापुर फुड एजेन्सी (एसएफए) ले मानव उपभोगका लागि १६ प्रजातिका कीराहरूलाई अनुमोदन गर्ने सम्भावना बारे अक्टोबर २०२२ मा सार्वजनिक परामर्श सुरु गर्यो । यो परामर्श प्रक्रिया जनता र विज्ञहरूको विचार समावेश गर्न गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस