अनुसन्धान

तौल घटाउने औषधिले आँखाको ज्योतिमा असर


मोटो पन घटाउने औषधिले आँखाको ज्योतिलाई असर गर्ने एक अनुसन्धानले देखाएको छ । अमेरिकाको म्यासाचुसेट्स आई एण्ड इयर हस्पिटल का अनुसन्धान कर्ता हरूको नेतृत्वमा रहेको एक टोलीले के पाए भने तौल घटाउने औषधि दिइएका मोटो पनाले ग्रस्त बिरामीहरूमा नन आर्टेरिटिक एन्टीरियर इस्केमिक अप्टिक न्युरोपैथी (एनएआइओएन) हुने आशंका सात गुणा बढी थियो । जसका कारण आँखाको ज्योति अचानक गुम्न सक्छ ।

उनीहरूले पत्ता लगाए कि मधुमेहका बिरामीहरू जसले यी सेमाग्लुटाइड युक्त औषधिहरू लिइरहेका थिए उनीहरूमा एनएआइओएन हुने सम्भावना चार गुणा बढी थियो ।

यो निष्कर्ष द जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन अप्थेल्मोलोजी मा प्रकाशित भएको हो । म्यासाचुसेट्स आई एण्ड इयर मा न्युरो नेत्र विज्ञान सेवा को निर्देशक जोसेफ रिजो ले यो जानकारी आफूहरू सँग पहिले नभएको बताए । यसलाई बिरामी र तिनिहरूका डाक्टरहरू बीचको छलफलमा समावेश गर्नुपर्छ । विशेष गरी यदि बिरामीहरूलाई ग्लुकोमा जस्तो आँखाको तंत्रिकाको समस्याहरू छ वा अन्य कारणहरूले दृष्टि पहिले देखि नै प्रभावित भएको छ भने ।

यद्यपि, रिजोले जोड दिए कि यो जोखिम तुलनात्मक रूपमा असामान्य विकार सँग सम्बन्धित छ र थप अध्ययन आवश्यक छ । किनकी अनुसन्धान कर्ताहरूलाई थाहा छैन की तौल घटाउने औषधिहरू र आँखाको अवस्थाहरू बीच किन वा कसरी सम्बन्ध छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!