‘आगामी एक महिना सम्म डेँगु सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने’


काठमाडौं–इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले मुलुकमा आगामी एक महिना सम्म डेँगु सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने सम्भावना उच्च रहेकोले लामखुट्टेको टोकाइबाट बाच्न र यसको प्रजनन स्थल नष्ट गर्न सबै ले पहल गर्नु पर्ने जनाएको छ ।

जेठको अन्तिम साता वाट नेपालमा मनसुन भित्रिएर देशभरि सक्रिय भइ सकेको छ । स्वास्थ्य मन्त्रालय ले यो वर्ष मनसुन सँगै लामखुट्टे को प्रजननको लागि अनुकूल अवस्था बन्न सक्ने र सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी हुन सक्ने यस अघि नै जनाइ सकेको छ ।

इडीसीडी द्वारा शुक्रबार आयोजित डेँगु रोकथाम तथा नियन्त्रण सम्बन्धमा सञ्चारकर्मीहरू सँग को अन्तरक्रिया कार्यक्रममा डा.गोकर्ण दहाल ले एक महिना सम्म डेँगु सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने सम्भावना उच्च रहेकोले सबैले सतर्क रहनु पर्ने बताए ।

गत बुधवार सम्मको तथ्याङ्क अनुसार डेँगु यो वर्ष मुलुकको ७३ जिल्लामा फैलि सकेको र हाल सम्म १ हजार ४ सय ३२ जनामा सङ्क्रमण देखि सकिएको छ ।

गत वर्ष ७७ जिल्लामा देखिएको डेँगुले २० जनाको मृत्यु भएको थियो भने ५१ हजार २ सय ४३ जनामा सङ्क्रमण देखिएको थियो । तर हाल सम्म यो सङ्क्रमणले मृत्यु भएको छैन । सन २०२२ र २०२३ मा डेँगु सङ्क्रमण डेन१, डेन२ र डेन३ सेरोटाइप ले गर्दा भएको थियो ।

‘हाल स्थानीय स्तरमा लामखुट्टेको वासस्थान खोज्ने  र नष्ट गर्ने अभियान सञ्चालन भई रहेको छ’, डा.दहालले भने–‘यद्यपि यसमा सामुदायिक सक्रियता र तथा सहभागिता थप बढाउनु पर्ने देखिन्छ ।’  उनले थप डाक्टर तथा स्वास्थ्यकर्मीहरू लाई डेँगु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा क्षमता अभिवृद्धिको कार्य भइ समेत रहेको बताए ।

डेङ्गु एडिस एजेप्टाई नामको पोथी लामखुट्टेले टोक्दा हुने भाइरल संक्रमण हो । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा डेङ्गुको संक्रमण हुन्छ । डेङ्गु भाइरसले संक्रमित लामखुट्टेले टोकेको ३ देखि १० दिनभित्र शरीरमा लक्षण देखा पर्न थाल्छ ।

डेङ्गुको संक्रमण वयस्कको दाँजोमा बालबालिका र बूढापाकामा बढी देखिन्छ । एडिस जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ । डेङ्गु वाट जोगिन लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, मानव वस्ती भित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडो वा पानी जम्मा हुने ठाउँ खोजी सफा गरेर लामखुट्टेको फुल नष्ट गर्नु पर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!