अनुसन्धान

लामो समय सम्म एक्लोपनले वृद्धहरूमा स्ट्रोकको जोखिम बढाउन सक्छ


एक नयाँ अध्ययनले लामो समय सम्म एक्लै बस्ने वृद्ध वृद्धालाई स्ट्रोकको जोखिम ५६ प्रतिशत बढी हुने देखाएको छ । अनुसन्धानको नतिजा मंगलबार इक्लिनिकल मेडिसिन जर्नलमा गत मंगलबार प्रकाशित भएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन २०२३ मा एक्लो पन लाई गम्भीर विश्वव्यापी स्वास्थ्य खतरा घोषणा गर्यो, जुन प्रति दिन १५ चुरोट पिउनु बराबर हो ।

अघिल्लो अनुसन्धानले एक्लो पनलाई हृदय रोगको विकासको उच्च जोखिम सँग जोडेको छ, अनुसन्धान कर्ताहरूले भने । यसबाट सचेत हुनुपर्ने मा जोड दिइएको छ ।

त्यही अमेरिकाको हार्बर्ड टीएच चान स्कुल अफ पब्लिक हेल्थका शोधकर्ता हरूद्वारा गरिएको नयाँ अनुसन्धानमा समय सँगै एक्लो पनमा परिवर्तन र स्ट्रोकको जोखिम को बीच सम्बन्धको जाँच गरियो ।

‘अध्ययनले देखाउँछ कि एक्लो पनले स्ट्रोकको घटनामा महत्वपूर्ण भूमिका खेल्छ, जुन पहिले नै विश्वव्यापी रूपमा दीर्घकालीन अपाङ्गता र मृत्यु दरको प्रमुख कारणहरू मध्ये एक हो,’ अनुसन्धानका प्रमुख लेखक येनी सोह ले भने ।

अनुसन्धान टोलीले यो अध्ययन ५० वर्ष वा सो भन्दा माथिका ८,९३६ सहभागीहरूमा आधारित रहेको बताए, जसलाई कहिल्यै स्ट्रोक भएको थिएन ।

अनुसन्धानको नतिजाले छोटो समयको लागि एक्लै बस्ने सहभागी हरूलाई स्ट्रोकको जोखिम २५ प्रतिशत बढी हुने देखाएको छ । तर, छोटो अवधि सम्म एक्लै बस्नेहरूको तुलनामा लगातार लामो समय सम्म एक्लै बस्नेहरूमा यो जोखिम ५६ प्रतिशत रहेको पाइयो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!