आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको आयोजना

‘औषधि जन्य जडीबुटी मेला सँगै वैज्ञानिक प्रस्तुती’


काठमाडौं – जडीबुटी प्रयोग गर्न अभि प्रेरित गर्ने उद्देश्यले राजधानीमा आयोजित ‘औषधि जन्य जडीबुटी मेला’ सम्पन्न भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौंले आयोजना गरेको उक्त मेलामा औषधि जन्य जडीबुटीको साथै पथ्य आहार को समेत प्रदर्शन गरिएको थियो । मेलामा १ हजार ५ सय नागरिकहरू ले अवलोकन गरेका आयोजक संस्थाले जनाएको छ ।

मेलामा वनस्पति विभाग अन्तर्गतका राष्ट्रिय हर्बेरीयम विभाग, अन्नपूर्ण अनुसन्धान केन्द्र , जडीबुटी प्रशोधन केन्द्रहरू लगायत रैथाने किसान, अन्तर्राष्ट्रिय निकायहरूको प्रदर्शनी समेत रहेको थियो ।

गत शनिवार सम्पन्न भएको उक्त प्रदर्शनी को उद्घाटन सत्रमा संघीय स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाले सरकारले औषधि जन्य जडीबुटी लगायतका विषय समेटेर आयुर्वेद क्षेत्रको रणनीति बनाउने कुरामा जोड दिए ।

यस्तै बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. दीपक तिवारीले बागमती प्रदेशले आयुर्वेदको विस्तार गर्दै जिल्लाका स्वास्थ्य केन्द्रहरूलाई चिकित्सालयको रूपमा स्तरोन्नति गरी सकेको जनाउँदै स्वास्थ्य पर्यटन अभिवृद्धिका लागि योग तथा आयुर्वेदलाई प्रदेश स्वास्थ्य नीतिमा समावेश गर्न लागिएको बताए ।

वरिष्ठ न्युरो सर्जन डा. वसन्त पन्तले आयुर्वेद प्रति आकर्षण बढाउन जडीबुटीका अन्य निकाय सँग समन्वय सम्बन्ध बढाउनुपर्ने मा जोड दिए । डा.पन्तले भारत र चीन जस्तै नेपालमा पनि आयुर्वेदको अनुसन्धान आवश्यक रहेको बताए ।

उक्त कार्यक्रम मै वर्ड वाइल्ड फन्ड कार्यक्रम का देश प्रमुख घनश्याम गुरुङले रैथाने जडीबुटीको संरक्षण तथा दिगो उपयोग कार्यमा विभिन्न कार्य भइरहेको र थप संस्थागत रूपमा काम गर्न खोजेको जनाए ।

यस्तै औषधि व्यवस्थापन विभागका महा निर्देशक डा नारायण ढकालले वर्तमान प्रविधि सुहाउँदो अनुसन्धान गरेर औषधिको निर्माण तथा नियम कारी बनाउनुपर्ने कुरामा जोड दिए । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सङ्गीता यादवले जडीबुटी प्राधिकरण आवश्यकता रहेको जनाए ।

आयुर्वेद तथा वैकल्पिक चिकित्साका महा निर्देशक प्रदीप केसीले आयुर्वेदको उत्पादन तथा सेवामा अथक लगानी राज्यले गर्नुपर्ने मा जोड दिए ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयकी प्रमुख डा. पुनम नेपालले जडीबुटीहरूमा कत्तिको दिगो पन छ त्यस बारे पनि सोच्नुपर्ने बताइन् ।

मेलामा वैज्ञानिक सत्र समेत सञ्चालित 

मेलामा जडीबुटीहरूको पहिचान र उपयोग सम्बन्धी जानकारी, रैथाने एवं लोपोन्मुख बहुमूल्य जडीबुटीहरूको जानकारी, स्वास्थ्य प्रवर्द्धन तथा उपचारका लागि स्थानीय जडीबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइएको थियो । सोही विषयमा सम्बन्धित विषय विज्ञबाट वैज्ञानिक सत्र समेत सञ्चालन गरिएको थियो ।

कार्यक्रम को वैज्ञानिक सत्रमा डा. विजया पन्तले नेपालमा टिस्यु कल्चरको महत्व र सम्भाव्यता तथा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय वनस्पति विभागकी प्रमुख डा संगीता राज भण्डारीले वनस्पतिको सही पहिचानको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

यस्तै काठमाडौं विश्वविद्यालयका प्रा.राजेन्द्र ज्ञवालीले जलवायु परिवर्तनको औषधि जन्य जडीबुटी माथि प्रभावको बारेमा प्रस्तुति गरेका थिए ।

वातावरण विज्ञ नरेश रिमालले औषधि जडीबुटी र खानपानका महत्व माथि प्रस्तुति दिएका थिए । कार्यक्रममा बोल्दै जनस्वास्थ्य विद् अरुणा उप्रेतीले आफूले जडीबुटीलाई औषधि उपयोग मा प्रयोग गर्दै आएकोले यसको सही प्रयोगको लागि जनमानसमा जन चेतना जगाउनु पर्ने बिचार व्यक्त गरिन ।

कार्यक्रममा प्यानल सम्भाषण मा बोल्दै डा. पुष्पराज पौडेलले जडीबुटीको सम्भाव्यता बारेमा विचार व्यक्त गरेका थिए । यस्तै डा. श्याम मणि अधिकारी एवं डा. सरिता श्रेष्ठले आयुर्वेदलाई अझै विकास गर्नुपर्ने बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!