स्वास्थ्य पत्रकार राम प्रसाद न्यौपाने पुरस्कृत


काठमाडौं– स्वास्थ्य पत्रकार राम प्रसाद न्यौपाने, सुदर्शन देवकोटा स्मृति चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

नेपाली हेल्थ डटकमका सम्पादक न्यौपाने लाई स्वास्थ्य पत्रकारिताका माध्यमबाट उलेख्यनीय योगदान पुर्याएको भन्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

राजधानीमा शनिवार आयोजित विशेष समारोहमा न्यौपानेलाई कोशी प्रदेशका निवर्तमान मुख्य मन्त्री केदार कार्की, शारदा सुदर्शन देवकोटा फाउण्डेसनका अध्यक्ष डा. सुधा देवकोटा र स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुङ्गेलले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका हुन ।

वरिष्ठ पत्रकार स्वर्गीय सुदर्शन देवकोटाको स्मृतिमा खोलिएको शारदा सुदर्शन देवकोटा फाउन्डेसन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा स्थापित सो पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मान पत्र रहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!