अनुसन्धान

अब बिरामीमा केही सेकेन्ड मै स्ट्रोक पहिचान गर्न सकिने


अब कुनै बिरामी मा केही सेकेन्ड मैं स्ट्रोक पहिचान गर्न सकिन्छ । अनुहारको माध्यमबाट स्ट्रोक पहिचान गर्न सक्ने स्मार्टफोन एप्लिकेसन विकास गर्न वैज्ञानिकहरू सफल भएका छन् ।

अक्सर, बिरामीमा स्ट्रोकको समयमै पहिचान नभएको कारण, उनको उपचारमा ढिलाइ हुन्छ, जुन उनको जीवनको लागि घातक हुन सक्छ । यन्त्रको शुद्धता दर ८२ प्रतिशत रहेको पाइएको छ ।

यन्त्रका विकास कर्ताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा अनुहारको हावभाव र मांसपेशी गतिविधिमा असामान्यताहरू विश्लेषण गरेर स्ट्रोक पत्ता लगाउने बताए ।

मस्तिष्क घात बाट पीडित व्यक्तिमा भ्रम, मांसपेशी को गतिविधिमा नियन्त्रणको कमी, बोल्न कठिनाइ, र अनुहारको अभिव्यक्ति कम हुन्छ । अनुसन्धानको नतिजा ‘कम्प्युटर मेथडस एण्ड प्रोग्राम इन बायोमेडिसिन’, मा प्रकाशित भएको छ ।

अनुसन्धान दलले अध्ययनमा एप्लिकेसन को परीक्षण परिणाम साझा गरेका छन् । अनुसन्धानका प्रमुख लेखक र अष्ट्रेलियाको रोयल मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीमा आबद्ध गुलहर्म कामार्गो डी ओलिवेरा ले अनुहारको हाव भावमा असमानता स्ट्रोकको प्रमुख लक्षण भएको बताए ।

यसमा अनुहारको एक तर्फको व्यवहार अर्को तर्फको अभिव्यक्ति भन्दा फरक हुन्छ । मुस्कानमा असमानता छ कि छैन हेरिन्छ । अनुहारको भाव बुझ्न भिडियो रेकर्डिङ प्रयोग गरियो । जसमा १४ जना मस्तिष्क घातबाट पीडित थिए भने ११ जना स्वस्थ रहेका थिए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!