विश्व योग दिवस २०२४

नेपाल योग पर्यटनका निम्ति सम्भावना युक्त मुलुकः प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावना युक्त देश भएको बताएका छन् । योगको विश्वव्यापी करणमा जोड दिनुपर्ने जनाउँदै प्रधानमन्त्री ले यस दिशामा योजनाबद्ध पहल लिन योगका अभियन्ताहरू र योग गुरुहरूमा हार्दिक अपिल गरेका छन् ।

विश्व योग दिवस २०२४ को अवसरमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले योग सम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्व भरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरेका छन् । उनले प्राकृतिक हिसाबले नेपाल विश्व भरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको समेत बताए ।

योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवन शैली एवं जीवन पद्धति भएको जनाउँदै प्रधानमन्त्रीले स्वस्थ कर जीवन यापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताए ।

तनाव मुक्त शान्त मन र रोग मुक्त स्वस्थ शरीर विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रधानमन्त्रीले योग र ध्यानका अभ्यासहरूबाट व्यक्तिमा नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनः स्थापनाका लागि महत्वपूर्ण योगदान पुग्ने बताए ।

‘शरीरलाई स्वस्थ र फुर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो,’ प्रधानमन्त्री प्रचण्डले भने–,‘नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनाव मुक्त भइ कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्त हुने जस्ता गुणको विकास हुन्छ ।’ उनले योग नेपालको आम जीवन पद्धति एवं अमूल्य निधि भएको समेत बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!