किन कुवामा पस्दा ज्यान जान सक्छ ? इनार सफा गर्ने क्रममा २ को मृत्यु


काठमाडौं– सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भएर वीरेन्द्र नगर नगरपालिका–११ पिपिरा बस्ने ३२ वर्षीय विद्यु प्रसाद रेग्मी र सोही ठाउँ का ३१ वर्षीय लक्ष्मी प्रसाद कडेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीको अनुसार वीरेन्द्रनगर नगरपालिका –११ का तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा गत सोमवार (असार ३ गते) बेहोस भएका ती दुवै व्यक्ति लाई प्रदेश अस्पताल कालागाउँ पुर्याए पछि मृत्यु भएको थियो ।

किन इनारमा पस्दा ज्यान जोखिममा हुन्छ ? 

त्रिभुवन विश्वविद्यालय, रसायन शास्त्र केन्द्रीय विभागका प्राध्यापक विनय कुमार झा का अनुसार इनार मा अक्सिजनको अभावले स्वास फेर्न गार्हो भएर ज्यान जोखिममा पर्ने गरेको छ ।

इनारमा ६–७ फिट भित्र देखि नै अक्सिजनको अभाव हुन थाल्छ र यो अभाव गहिराइ सँगै बढ्ने गरेको रसायन शास्त्री झा बताउँछन् । अक्सिजन अभावको चपेटामा आउने बित्तिकै प्रभावित व्यक्ति सुरक्षाको लागि समेत बोल्न सक्दैन, जसले गर्दा प्रभावित व्यक्ति सँगै भित्र पसिरहेका अन्य दोस्रो वा तेस्रो व्यक्तिको पनि ज्यान जाने गरेको छ ।

इनारमा अक्सिजन अभाव रहेको कसरी थाहा पाउने ? 

जलिरहेको लालटिन वा मैनबत्ती लाई डोरीको सहायताले इनारमा झुन्ड्याउनु होस, त्यहाँ अक्सिजन ग्याँस नहुँदा तुरुन्त लालटिन वा मैनबत्ती निभ्छ । अक्सिजन ग्याँस भए जली रहन्छ । र अक्सिजन रहे सम्म सास फेर्न असजिलो हुँदैन र जोखिम कम हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!