अनुसन्धान

इन्टरनेटको लत, लागू पदार्थको अम्मल भन्दा बढी खतरनाक, मस्तिष्कको केमिस्ट्री परिवर्तन गर्छ


इन्टरनेट को नशा (इन्टरनेट एडिक्सन) कुनै लागू पदार्थ (ड्र्रग) भन्दा कम छैन । लन्डन स्थित यूसीएल ग्रेट ओरमन्ड स्ट्रिट इन्स्टिच्युट अफ चाइल्ड हेल्थको अनुसन्धान अनुसार इन्टरनेटको लतमा परेका युवाहरूको मस्तिष्कको केमेस्ट्री (रसायन शास्त्र) मा परिवर्तन हुन्छ, जसले गर्दा उनीहरूमा झन् बढी लत लाग्ने व्यवहार विकसित हुन्छ । यति मात्र होइन, तन्त्रीका नेटवर्कमा आएको परिवर्तनले नशाको प्रवृत्ति र नकारात्मक व्यवहार बढ्न सक्छ ।

चिन्तन, सोच्ने क्षमता र स्मरणशक्तिमा कमी 

इन्टरनेटको लतका कारण किशोर किशोरीमा लागू औषध दुर्व्यसनको प्रवृत्ति बढेको अनुसन्धानले देखाएको छ । जसका कारण मानसिक स्वास्थ्य, बौद्धिक क्षमता र शारीरिक समन्वय सँग जोडिएका परिवर्तन देखिएको छ ।

प्लोस (पिएलओएस) मेन्टल हेल्थ मा प्रकाशित अध्ययनमा फंग्सनल म्याग्नेटिक रेजोनेन्स इमेजिङ्ग (एफएमआरआइ) को प्रयोग गरेर अघिल्लो अनुसन्धानको समीक्षा गरियो ।

अनुसन्धान कर्ताहरूले पत्ता लगाए कि युवाहरूको मस्तिष्कको तन्त्रीका नेटवर्कहरूमा इन्टरनेट लतको प्रभाव स्पष्ट थियो । यसका कारण चिन्तन, विचारमा संलग्न मस्तिष्कका भागहरूमा सक्रिय कनेक्टिभिटीमा व्यापक कमी देखियो । मस्तिष्कको यो भाग स्मृति र निर्णय गर्नको लागि जिम्मेवार हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!