स्वास्थ्य सेवामा सबै भन्दा कम मासिक तलब झण्डै ३३ हजार र सबै भन्दा बढी झण्डै ७७ हजार
काठमाडौं–नेपाल सरकार, अर्थ मन्त्रालयले साउन एक गते देखी लागू हुने गरी कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयले सोमवार सार्वजनिक गरेको नयाँ तलबमान अनुसार स्वास्थ्य सेवा तर्फ अधिकृत १२ औ तहका कर्मचारीको शुरु तलब ७२ हजार ८२ रुपियाँ कायम गरिएको छ । यस्तै ग्रेड दर र ग्रेड संख्या सहित १२ औं तहको जम्मा तलब ७६ हजार ८ सय ८८ रुपियाँ तोकिएको हो । स्वास्थ्य सेवामा सबै भन्दा कम तलब सहायक प्रथम तहको लागि ३२ हजार ९ सय ३२ रुपियाँ कायम गरिएको हो ।
स्वास्थ्य सेवा अन्तर्गत अधिकृत ११ औ तहको तलब ६६ हजार ५ सय ३८ रुपियाँ, दशौँ तहको ६४ हजार ३ सय ५९ रुपियाँ , नबौँ तहको ५९ हजार ४ सय ५ रुपियाँ, आठौँ तहको ५५ हजार २ सय ३७ रुपियाँ, सातौ तहको ५३ हजार ४ सय ९१ रुपियाँ र अधिकृत छैठो तहको ५० हजार ९ सय ६९ रुपियाँ कायम गरिएको छ ।
यस्तै वरिष्ठ पाचौ तहको ४४ हजार ३३ रुपियाँ र सहायक पाचौ तहको ४१ हजार ६ सय ७८ रुपियाँ कायम गरिएको छ ।
सबै भन्दा कम तलब सहायक प्रथम तहको लागि ३२ हजार ९ सय ३२ रुपियाँ कायम गरिएको हो ।
प्रतिक्रिया दिनुहोस