किन सानै उमेरमा बालबालिका चुरोट खान थाल्छन्?
डा.ओममुर्ति अनिल भन्छन–स्कूले बालबालिका हरूलाई चुरोट लगायतका धूम्रपान वाट हुने बेफाइदा बारे प्रत्यक्ष रूपमा यो गर्नु हुन्न है भन्नु भन्दा पनि ‘अप्रत्यक्ष रूपमा सम्झाउनु’ उपयुक्त रहेको पाए । त्यो पनि खेल खेलमै । उत्साहको वातावरणमा । एउटा प्रतिस्पर्धा जस्तो अवस्था को सृजना गरेर । जसमा बालबालिकाले एक अर्का सँग स्वस्थ स्पर्धा गरेर जित्ने भावना सहित धुमपान विरुद्ध ज्ञान हासिल गरोस् । यस्तो ज्ञान जो उनीहरूको चेतन मात्र नभइ अचेतन मनमा समेत स्थायी रूपमा रही रहोस् ।
काठमाडौं– चुरोट, बिडी आदि धूम्रपानका अम्मलले पछिल्लो समय देखिन थालिएको शारीरिक जटिलता, विभिन्न रोग व्याधि, अकाल मृत्यु लाई कसरी कम गर्ने? वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओममुर्ति अनिल को मथिङ्गलमा पछिल्लो केही समय देखी घुम्ने गरेको प्रश्न हो यो ?
यसकै उत्तर खोज्ने क्रममा उन ले पाएको ज्ञान भने ‘स्कूले उमेरका बालबालिकाहरूलाई चुरोट लगायतका धूम्रपान वाट हुने बेफाइदा बारे प्रत्यक्ष रूपमा यो गर्नु हुन्न है भन्नु भन्दा पनि ‘अप्रत्यक्ष रूपमा सम्झाउनु’ उपयुक्त रहेको पाए । त्यो पनि खेल खेलमै । उत्साहको वातावरणमा । एउटा प्रतिस्पर्धा जस्तो अवस्था को सृजना गरेर । जसमा बालबालिकाले एक अर्का सँग स्वस्थ स्पर्धा गरेर एउटा जित्ने भावना सहित धुमपान विरुद्ध ज्ञान हासिल गरोस् । यस्तो ज्ञान जो उनीहरूको चेतन मात्र नभइ अचेतन मनमा समेत स्थायी रूपमा रही रहोस् ।
यसै क्रम लाई अगाडि बढाउँदै उनले धूम्रपान को बेफाइदा बारे ‘स्मोकर्स आर नट सेल्फिस’, अर्थात् ‘धूम्रपान गर्नेहरू स्वार्थी छैनन्’ भन्ने स्वास्थ्य अभियान अन्तर्गत स्कूले बालबालिकाको लागि यसै साता देश व्यापी हाजिर जबाफ प्रतियोगिता गर्न तम्सेका छन् ।
‘हो म, स्कूले बालबालिका सँग धूम्रपान विरोधी अभियानमा जोडिन धेरै दिन देखी तम्से कै हो’, डा.ओममुर्तिले नेपालहेल्थप्रेससँग भने–‘खेल खेलमा जित्ने भावना सहित उनीहरूको कलिलो मन मस्तिष्कमा गएको धूम्रपान को बेफाइदा बारे वैज्ञानिक जानकारीले यो खराब अम्मल लाग्न वाट जोगाउन ठूलो भूमिका खेल्ने छ ।’
डा.ओममुर्ति लाई राम्ररी थाहा छ की नेपालमा धूम्रपान स्कूले बालबालिका कै उमेरमा सिक्ने गरिएको छ । यसैले सात/आठ कक्षा देखि नै यस वाट हुने शारीरिक स्वास्थ्य लगायतका समस्या बारे जानकारी रहे अम्मल लाग्ने उमेरमा पुग्ने हरू यस लाई पहिलो पटक उपयोग गर्न वाट हच्किने छन् ।
उनी भन्छन्–‘मैले, म कहाँ आउने बिरामी लगायतका व्यक्तिगत रूपमा जान्न गरेको अध्ययनले मुलुकमा बहुसंख्यक व्यक्ति कक्षा १० देखी कक्षा १२ सम्ममा चुरोट लगायतका धूम्रपान को सुरुवात गर्ने गरेको देखिन्छ । र मेरो अनुभव लाई मुलुक मै भएको स्टेप्स सर्वेक्षणले समेत पुष्टि गर्छ ।’
नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) द्वारा गरिएको मुलुकमा नसर्ने रोग सम्बन्धी जोखिम तत्त्वको सर्वेक्षण (स्टेप्स सर्वेक्षण) २०१९ को नतिजा अनुसार दैनिक धूम्रपान गर्ने मध्य, पहिलो पटक धूम्रपान गर्न शुरु गर्दाको औसत उमेर पुरुष र महिला दुवै लिङ्ग गरी १७.८ वर्ष रहेको छ । यस्तै पुरुषमा भने १७.७ वर्ष र महिलामा १८.४ वर्ष देखिएको छ ।
‘यसैले आठ कक्षा देखि नै चुरोट लगायतका धूम्रपान को दुष्प्रभाव बारे स्कुले बालबालिकामा जन चेतना जगाउँदा उनीहरू चुरोट खाने उमेर सम्म पुग्दा यस बारेको ज्ञानले गर्दा यो अम्मलमा फस्ने जोखिममा कमी आउनेछ’, डा.ओममुर्ति भन्छन् ।
उनी अगाडि थप्छन्–‘हामीले हाम्रा भविष्य (बालबालिका) ले कुनै कारण वा परिबन्द वस चुरोट, सुर्ती खान थाले पछि ‘यो खानु हुन्न यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ’, भन्दा पनि खाँसै प्रभाव नपर्ने गरेको हामी सबै जसोको घर परिवारमा देखिएका अनुभवले स्पष्ट पारेकै छ ।’
यसैले खान थालेका बच्चाहरूलाई यसको कुप्रभाब बारे ज्ञान दिनु भन्दा मुलुकमा सरदर खान शुरु गर्ने उमेर भन्दा तिन चार वर्ष अघि नै यसको स्वास्थ्यमा पर्ने प्रभाव लगायतका हरेक पक्षबारे जानकारी दिनु उपयुक्त हुने उनको धारणा छ ।
‘हामीले बालबालिकालाई हाजिर जबाफ प्रतियोगितामा धूम्रपान, तमाखु आदि को नकारात्मक पक्ष , बेफाइदाहरू, यसले उत्पन्न गर्ने रोग लगायतका सँग सम्बन्धित प्रश्नहरू सोध्ने छौं’, डा.ओममुर्तिले भने–‘७ वटै प्रदेशका बालबालिकाको लागि गरिने यस्तो प्रतियोगिता फेस बुक लाइभ मार्फत प्रत्यक्ष प्रसारण हुने भएकोले यसमा थप स्कूले बालबालिका, निजका आफन्त आदि समेत जोडिनेछन् ।’ यसरी खेल खेलमा धूम्रपान को दुष्प्रभाव लगायतका बारेमा वैज्ञानिक जानकारीहरू बालबालिका र निजका घर समाजमा समेत पुग्ने छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार तमाखुले आफ्नो आधा जति प्रयोगकर्ता जसले यसलाई त्याग्दैनन्, उनीहरू लाई मार्छ । यस्तै तमाखुले वर्षेनी ८० लाख व्यक्तिको मृत्यु हुन्छ, जसमा अनुमान अनुसार १३ लाख धूम्रपान नगर्ने समेत सामेल छन् जो सेकेन्ड हेन्ड स्मोक (अन्य व्यक्तिले चुरोट तानेर वातावरणमा फ्याँक्ने धुवाँ) को माध्यमले सुर्तीको धूवाँको सम्पर्कमा आउँछन् ।
‘चुरोट वा अन्य रूपमा तमाखु उपयोग विस्तारै धनीराष्ट्रहरूमाकम हुँदै गए पनि हाम जस्तो गरिब राष्ट्रहरूमा बढ्दै गएको छ’, डा.ओममुर्तिभन्छन–‘मात्रचुरोट र तमाखु उपयोग नेपालीहरूले गरेन भने मुलुकमा नसर्ने रोगको जोखिम को अप्रत्याशित कमी आउने छ । यसले स्वास्थ्य उपचारमा खेर जाने धेरै रकम जोगिने छ ।’ डब्लुएचओका अनुसार विश्वमा १३० करोड तमाखु प्रयोगकर्ता मध्ये करिव ८० प्रतिशत निम्न र मध्यम आय भएका मुलुक मा बस्छन् ।
के हो तमाखुमा पाइने निकोटिन?
निकोटिन तमाखुमा पाइने नशाको अम्मल लगाउन सक्ने रसानिक पदार्थ अर्थात् शक्तिशाली न्युरोटाक्सिन हो । यो चुरोट र पाइप एवं चपाउने तमाखु, साथै ई–सिगरेटमा पाइन्छ ।
यसको प्रयोग गर्दा अम्मल बस्ने सक्छ । निकोटिनको अतिरिक्त, सिगरेट, बिडी, आदिको धूवाँमा टार र कार्बन मोनोअक्साइडका साथै लगभग ४ हजार अन्य तत्व हरू हुन्छन्, जस मध्ये धेरै जसो विषाक्त हुन्छन् ।
चुरोट पिउ नाले निकोटिन मस्तिष्कमा छिटो (१० सेकेन्डमा) पुग्छ र त्यसैले यो नशा को अम्मल लगाउन बढी सक्षम हुन्छ । निकोटिन ले मदिरा, कोकिन, मर्फिन जस्तै नशा भएको पदार्थ जस्तै मनुष्यलाई अम्मली बनाउन सक्छ ।
नशाको अम्मलले स्वास्थ्य मा नकारात्मक असरको जोखिम हुँदा समेत त्यो पदार्थको माग र उपयोगको लागि व्यक्ति लाई बाध्य पार्छ । अध्ययनहरू अनुसार निकोटिनले मस्तिष्क र शरीरमा थुप्रै जटिल र कहिले काही अप्रत्याशित प्रभाव पार्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस