स्तनपानले आमा र शिशु लाई के कस्ता फाइदा हुन्छ
विशेषज्ञहरूका अनुसार बच्चालाई स्तनपान गराउनु आमा र बच्चा दुबै को लागि अत्यन्त फाइदा कारी हो । लामो वा सानो समय समेत स्तनपान गराउनु बच्चा र आमा दुवै को लागि फाइदा जनक हुन्छ ।
आमाको दूध १ वर्ष भन्दा कम उमेरका शिशुहरू को लागी प्राकृतिक खाद्य स्रोत हो । आमाको दूधमा
- यसमा कार्बोहाइड्रेट, प्रोटिन र फ्याटको मात्रा सही हुन्छ
- पाचन गर्ने प्रोटिन, खनिज, भिटामिन, र हर्मोन को आवश्यक मात्रा शिशुहरूलाई प्रदान गर्दछ
- तपाईंको बच्चालाई बिरामी हुनबाट बचाउन मद्दत गर्ने एन्टिबडीहरू हुन्छ
- स्तनपान गर्ने बच्चा बिरामी हुने सम्भावना कम हुन्छ
आमाको दूध खाने बच्चाहरूमा यस्तो हुने न्यून सम्भावना हुन्छ
- एलर्जी
- कानको संक्रमण
- ग्यास, पखाला र कब्जियत
- छाला रोगहरू (जस्तै एक्जिमा)
- पेट वा आन्द्राको संक्रमण
- घ्यार्र घ्यार्र समस्या श्वासप्रश्वाससम्बन्धी रोगहरू, जस्तै निमोनियाँ र ब्रोंकियोलाइटिस
स्तनपान गर्ने बच्चालाई यो रोग हुने कम जोखिम हुन सक्छ
- मधुमेह
- मोटो पन वा तौल समस्या
- अचानक शिशु मृत्यु हुने सिन्ड्रोम (एसआइडिएस)
- दाँत क्षय
स्तनपान गराउनु आमाको लागि पनि राम्रो हो । यसले गर्दा आमा र बच्चा बीच
- एक अद्वितीय बन्धन बन्छ
- आमालाई तौल कम गर्न सजिलो
- महिनावारी सुरु हुन ढिलाइ गर्छ
- आमालाई टाइप २ मधुमेह, स्तन र निश्चित डिम्ब ग्रन्थि क्यान्सर, ओस्टियोपोरोसिस, मुटु रोग, र मोटो पन जस्ता रोगहरूको लागि जोखिम कम हुन्छ ।
प्रतिक्रिया दिनुहोस