नियमित खोप छुटेका ५ वर्ष मुनीका बालबालिका लाई आज आइतवार खोप दिइने
काठमाडौं —नेपाल सरकारले मुलुक भरी नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई वैशाख ३१ गते आइतवार खोप दिई रहेको छ ।
‘बृहत् खोज र खोप अभियान’, अन्तर्गत सरकारले दुई साता अघि वैशाख १५ गते समेत यो अभियान सञ्चालन गरेको थियो । यो खोप देशभरिका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिका लाई नियमित खोप दिई राखिएको हो ।
स्वास्थ्य मन्त्रालयले आफूलाई पायक पर्ने नजिकैको स्वास्थ्य संस्थामा गएर बालबालिकालाई छुटेको खोप लगाउन र छरछिमेकमा कसैले खोप लगाउन छुटेका भए उनीहरू लाई समेत लगाउन प्रेरित गर्न सबै सँग अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस