१ सय ३३ वर्ष देखी अविरल सेवा दिदै मुलुक को पहिलो अस्पताल ‘वीर’
काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले विहीवार १ सय ३३ औं वार्षिकोत्सव मनाएको छ । वि.स.१९४७ साउन १२ गते १५ बेड वाट स्वास्थ्य सेवा शुरु गरेको वीर मुलुककै सबै भन्दा जेठो अस्पताल हो ।
हाल ९ सय ६० बेड वाट सामान्य देखी विशिष्ट सेवा प्रदान गरिरहेको वीर वाट ४ लाख ३३ हजार १ सय ८ जनाले यो आर्थिक वर्षमा उपचार सेवा लिएका छन । यस मध्ये ८१ हजार २ सय ५ जना(१८.९ प्रतिशत ) ले निःशुल्क सेवा पाएका हुन ।
अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्रा.डा.भुपेन्द्र कुमार बस्नेतको अनुसार बहिरङ्ग विभाग वाट यो वर्ष ३ लाख ७९ हजार ९ सय ७ जनाले सेवा लिएका छन भने १५ हजार ६ सय २३ जना अस्पतालमा भर्ना भएका छन । आकस्मिक सेवा लिनेहरूको संख्या ३७ हजार ४ सय ९ रहेको छ ।
यो वर्ष ३ हजार ३ सय ३३ वटा जटिल शल्यक्रिया, १ हजार ६ सय ९५ मध्यम शल्यक्रिया र ४ हजार १ सय ५ सामान्य शल्यक्रिया भएको छ । अस्पतालबाट यो वर्ष ४५ हजार ४ सय ५१ जनाले रेडियोलजी सेवा लिएका छन । २ लाख ६४ हजार १ सय ६६ वटा प्याथोलोजी परिक्षण समेत भएको छ ।
यस्तै वीरमा इन्डोस्कोपी ३ हजार ७ सय ५, कोलोनोस्कोपी १ हजार ३ सय ५, सिटी स्क्यान ११ हजार ५ सय ८३, एमआरआइ ६ हजार ४९ , अल्ट्रासाउन्ड ४८ हजार ७ सय ५०, न्युक्लियर मेडिसिन सेवा ३ हजार ३ सय जनाले लिएका छन । अस्पतालमा भएको डायलासिस सेवा १७ हजार ३ सय ७९ सत्र चल्दा ६ सय ८ जनाले सेवा पाएका हुन ।
यो आर्थिक वर्षमा अस्पतालले ४४ करोड १९ लाख ३० हजार ९ सय ९१ रुपियाँ आम्दानी समेत गरेको छ भने ४३ करोड २० लाख ३२ हजार ८ सय ३६ रुपियाँ खर्च भएको हो ।
प्रतिक्रिया दिनुहोस