लालबन्दी बाट एक वर्ष मा झण्डै अढाई अर्बको तरकारी स्वदेस र विदेश निकासी
सर्लाही-लालबन्दी वाट आर्थिक वर्ष २०७८/७९ मा झण्डै अढाई अर्ब रुपैयाँ बरावरको तरकारी निकासी भएको छ ।लालबन्दी कृषि थोक बजार व्यवस्थापन समितिले उक्त तरकारी निकासी गरेको हो ।
लालबन्दी नगरपालिका को वडा नम्बर ७ मा अवस्थित कृषि थोक बजार व्यवस्थापन समितिले एक वर्षमा २ अर्ब ४५ करोड २४ लाख रुपैया मुल्य वरावर को ६ करोड १ लाख ६३ हजार २ सय ५० किलोग्राम तरकारी निकासी गरेको छ ।
कृषि थोक बजारमा जिल्लाको लालबन्दी, हरिपुर, हरिवन, ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका परबल, बोडी, सिमी, भण्टा, करेला, गोलभेडा लगायतका तरकारी आउने गरेको छ ।
कृषि थोक बजार व्यवस्थापन समिति का अनुसार यहाको तरकारी काठमाडौं, पोखरा, बुटवल,सिन्धुली, रामेछाप, नेपालगञ्ज, हेटौंडा, वीरगञ्ज, सिरहा, विराटनगर,भैरहवा, नारायणगढ, गौर, जनकपुर, इटहरी संगै छिमेकी राष्ट्र भारतमा समेत जाने गरेको छ ।
सिमावर्ती भारतिय शहर सोनवर्षा, सीतामाडी लगायत का ठाउमा लालबन्दी को नेपाली तरकारी निकासी हुने गरेको हो ।लालवन्दी वाट मुख्य रूपमा गोलभेडा, परबल, बोडी, सिमी लगायतका अन्य तरकारी स्वदेश र विदेशमा निकासी हुने गरेको हो ।
प्रतिक्रिया दिनुहोस