गुल्मी र अर्घाखाँचीमा रेबिजको त्रास, एक व्यक्ति र दुई भैँसीको रेबिजले मृत्यु
३४ दिनमा गुल्मी दरबार र छत्रदेवमा १ सय ३६ जनाले रेबिज विरुद्धको खोप लगाए
गुल्मी –एक महिला र पशु चौपायाको मृत्यु पछि गुल्मी र छिमेकी जिल्ला अर्घाखाँचीमा रेबिजको त्रास फैलिएको छ । रेबिज ले गुल्मी दरबार गाउ पालिका –९ की ४३ वर्षीया को एक महिलामा पुस ९ गते रेबिज को लक्षण देखिए पछि पुस १२ गते मृत्यु भएको हो ।
उनको काठमाडौं स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पुर्याएँ पनि ढिलो भइ सकेको ले उपचार सम्भव नभएर मृत्यु भएको हो । बहुला जनावरले टोकन साथ रेबिज विरुद्धको खोप नलगाउँदा व्यक्ति विशेषमा यो रोगको लक्षण देखि सकिए पछि मृत्यु बाहेक कुनै उपचार छैन ।
हाल गुल्मी दरकार सँगै सिमाना जोडिएको अर्घाखाँचीको छत्रदेवमा कुकुरले पशु र मानिसलाई टोकेर त्रास पूर्ण अवस्था छ । गत मंसिर ११ गते देखी पुस १५ गते सम्म गरी ३४ दिनमा गुल्मी दरबार र छत्रदेवमा १ सय ३६ जनाले रेबिज विरुद्धको खोप लगाएका छन् । गाउँमा बहुला कुकुरले टोकेर २ वटा भैँसी समेतको रेबिज ले मृत्यु भएको छ ।
भैँसी कुकुर जस्तै कराउने, आँखा रातो हुने, मान्छे देख्दा उठी हाल्ने लक्षण देखिए पछि भेटनेरी अस्पतालमा जचाउँदा रेबिज पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस