मेवाले अनुहार, छालामा चाउरी, मसिनो रेखा लगायत बुढ्यौलीको लक्षण रोक्छ
शताब्दीयौं देखी प्रयोग गरिन सुपर फुड मध्ये एक रहेको मेवा/पपिता आफूलाई जवान राख्ने चाहना बोकेकाहरू आफ्नो दैनिक नियमित आहार समावेश गर्न सक्छन् ।
सामान्यतया ३० वर्ष पछि अनुहार छालामा आउने थाल्ने चाउरी, मसिनो रेखाहरू कम गर्न मेवा ले सघाउँछ । यसैले होला आहारविद् मेवालाई पोषक तत्त्वको खजाना मान्छन् ।
किनकी मेवामा एन्टिअक्सिडेन्ट, मिनिरल्स र अन्य पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ । यी सबै तत्वहरूले छालाको लचिलोपना बढाउन मद्दत गर्दछ ।
तपाईं आफ्नो बुढ्यौलीका लक्षणहरू जस्तै चाउरी र मसिनो रेखा फाइन लाइनहरू रोक्न मेवा प्रयोग गर्न सक्नुहुन्छ ।
मेवामा क्यालसियम, पोटासियम, म्याग्नेसियम, फस्फोरस, भिटामिन ए,बी,सी, के र ई लगायतका पौष्टिक तत्व पाइन्छ ।
मेवामा पाइने एन्टिअक्सिडेन्टले छालालाई नोक्सान पुर्याउने फ्रि रेडिकललाई रोक्न र एन्टी एजिङ इफेक्ट बढाउन मद्दत गर्छ।
यसमा प्यापेन नामक इन्जाइम हुन्छ । जसले छालाको मृत कोषिकाहरूलाई हटाउन मद्दत गर्छ । र एन्टी–एजिंग प्रभाव प्रदान गर्दछ । ३० वर्षको उमेरपछि पनि आफूलाई जवान राख्नको लाग आफ्नो दैनिक आहार वा बिहानको खाजामा मेवा समावेश गर्नाले धेरै फायदा हुन्छ ।
प्रतिक्रिया दिनुहोस