राष्ट्रपति भण्डारी शिक्षण अस्पताल वाट डिस्चार्ज
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालबाट मंगलवार डिस्चार्ज भएकी छिन् ।
अस्पतालको अनुसार हाल राष्ट्रपतिको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिनुका साथै ज्वरो लगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य भए पछि मंगलवार दिउसो १२ .४५ मा डिस्चार्ज गरिएको हो ।
राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण भएको थियो । चार दिन अघि गत शनिबार उनलाई रूघाखोकी र सामान्य ज्वरोका कारण त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस