डेगुले २७ को मृत्यु / कुल संक्रमणको ५९.२५ % उपत्यकामा /झण्डै २१ हजार भन्दा बढी संक्रमित
काठमाडौं – मुलुकमा डेंगु संक्रमणबाट २७ जना को मृत्यु भएको भने देशभरि देखिएको कुल संक्रमणको ५९. २५ प्रतिशत उपत्यकामा देखिएको छ ।
स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी )का अनुसार गत साउनदेखि हालसम्म देशभरीमा २७ जनाले डेंगु संक्रमणवाट ज्यान गुमाएका छन ।
यस्तै हाल सम्म २१ हजार ३ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो। पछिल्लो २३ दिनमा नै देशभरीमा १६ हजार ७ सय ५९ संक्रमण देखिएको हो ।
‘हाल सम्म डेंगुले धेरैजसो मृत्यु काठमाडौंकै अस्पतालमा भएको छ,’ इडीसिडीका किट जन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दहालले नेपालहेल्थप्रेससंग भने – ‘डेंगुले को संक्रमण पछिल्लो दिनमा बढ्दो छ ।’
सातै प्रदेशको ७६ जिल्लामा डेंगु देखि सकिएको छ । वागमती प्रदेशमा सबै भन्दा बढ़ी १६ हजार २ सय ३६ जनामा डेंगु संक्रमण देखिएको छ। लुम्बिनीमा २ हजार ७ सय ४७, सुदूरपश्चिममा ७ सय ५८, प्रदेश १ मा ५ सय ८५ , गण्डकीमा ४ सय ९६, मधेशमा ३ सय ५, कर्णालीमा २ सय २९ जनामा संक्रमण देखिएको छ।
दिउसो टोक्ने लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक १८ वर्ष अघि २०६१ सालमा देखिएको थियो । यस पछि मुलुक को विभिन्न भागमा वर्षेनी संक्रमण देखि राखिएको छ ।
प्रतिक्रिया दिनुहोस