सिक्कल सेल ९९.९ प्रतिसत थारु र राजवंशी समुदायमा
काठमाडौं – मुलुकमा सिक्कल सेल एनिमिया ९९.९ प्रतिसत थारु र राजवंशी समुदायमा देखिएको छ ।
नेप्लिज सोसाईटी अफ अर्गान ट्रान्स्प्लान्टेसनको निरन्तर चिकित्सा शिक्षा ( सिएमई) सम्बन्धी कार्यक्रम मा रक्तरोग विशेषज्ञ डा विशेष शर्मा पौडेलले उक्त कुरा वताएका हुन ।
सिक्कल सेल मुख्य रूपमा थारु र राजवंशी समुदाय वाहेक एकजना ‘कुवर ‘, थर भएका र अर्का ‘ढकाल’ थर भएका मा पनि देखिएको डा. पौडेलले जनाए ।
रगतमा पाइने रातो रक्त कणिकाको आकार गोलाकार वाट परिवर्तन भई हसिया जस्तै आकारमा रुपान्तरण हुने रक्त अल्पता सम्बन्धी रोगलाई सिकल सेल एनिमिया भनिन्छ ।
सिक्कलसेलका बिरामीहरुको गोलाकार रक्तकणिका छिटोछिटो नष्ट भएर रगतको सञ्चारमा अवरोध उत्पन्न हुन्छ ।
यसले विरामीको रगतमा अक्सिजन कम भएर शरिरका विभिन्न भित्री अंगहरुमा नोक्सानी पुग्नुका साथै मस्तिष्कमा स्ट्रोक, शरिरमा दुखाइ, अन्य रोगहरुको संक्रमण, जण्डिसको जस्तो लक्षण देखिन सक्छ ।
यस्तै पत्थरी, फोक्सोमा रुकावट, मृगौलामा खराबी, लिंग उत्तेजित हुँदा पिडा हुने, फियो वा कलेजोमा रक्त सञ्चार रुकावट आदि जस्ता बिभिन्न रोगका लक्षणहरु देखा पर्दछ ।
विज्ञहरुको अनुसार सिक्कल सेल शरिरले औलो रोगको महामारी संग जुध्ने क्षमता विकास गर्ने क्रममा मानव जीनमा उत्परिवर्तन हुँदा देखापरेको समस्या हो ।
उक्त सिएमइमा डा. सुरेश महर्जन ले मृगौला प्रत्यारोपण को विविध पक्ष वारे जानकारी दिएका थिए ।
नेप्लिज सोसाईटी अफ अर्गान ट्रान्स्प्लान्टेसनका अध्यक्ष एबं शहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र का निर्देशक, मृगौला र कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठले अगामी दिनमा चिकित्सा जमात का विच वैज्ञानिक छलफल र जानकारी आदान प्रदान गर्ने सिएमई लाई थप विविधता सहित गति प्रदान गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस