नेपालमा कुल मासु खपतको ५१ प्रतिशत कुखुराको मासु

काठमाडौं– पत्याउनु हुन्छ, नेपालमा करिब १५ करोड कुखुरा छ भने मासु खाने को सुचीमा नेपाल ११२ औं स्थानमा र अण्डा खाने देशको सुचीमा ९२ औ स्थानमा छ ।
विज्ञहरूको अनुसार प्रति किलो शरीरको तौलको लागि एक दिनमा १ ग्राम प्रोटिन सेवन आवश्यक हुन्छ । हाल मुलुकमा प्रति व्यक्ति २१ किलो मासु, ७० अण्डा, ८८ लिटर दूध र ४ किलो माछा खपत हुने गरेको छ । नेपालमा कुल मासु खपतको ५१ प्रतिशत स्थान कुखुराले ओगटेको छ ।
पछिल्लो समय पोल्ट्री उत्पादनले मुलुकमा प्रोटिनको आवश्यकता परिपूर्तिमा महत्वपूर्ण भूमिका खेलिरहेको राइट टु प्रोटिन नेपाल, नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन, नेपाल हृयाचरी एसोसिएसन, नेपाल लेयर्स पोल्ट्री फार्मर्स एसोसिएसन, पशु पन्छी औषधी व्यवसायी संघ नेपाल तथा युसेक को संयुक्त आयोजनामा ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’, विषयक कार्यक्रममा विज्ञहरूले बताए ।
युसेक नेपाल का कन्ट्री टीम लिड डा. अशेष भट्टराई ले भने–‘ नेपालमा उपभोक्ता लाई सुपथ मूल्यमा सुरक्षित, उपयुक्त र गुण स्तरीय पोल्ट्री उत्पादन सुनिश्चित गर्न परिष्कृत एआई (कृत्रिम बुद्धिमत्ता) को उपयोग गरि रहेको पोल्ट्री फर्महरू समेत छ ।’
हाल मुलुकमा सस्तो दरमा सर्व सुलभ रूपले पाइने प्रोटिनको स्रोत कुखुराको मासु र अण्डा रहेको नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनका अध्यक्ष रोबिन पुरीले बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपालमा सन्तुलित पोषणको आवश्यकता र प्रोटिन युक्त आहार उपयोगिता बारे आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस