बढदो डेंगु संक्रमण, अझै अढाइ महिना रहने
काठमाडौं– विज्ञहरुले काठमाडौं उपत्यका सहित मुलुकभरी डेगुको संक्रमण अझै अढाई महिनासम्म रहन सक्ने बताएका छन ।
नेपालमा पछिल्लो हरेक दुई–तीन वर्षमा डेंगुको प्रकोप देखिने गरेकामा तीन वर्षपछि पुनः यसको संक्रमणले यस पटक अत्यधिक विस्तार लिइ रहेको छ ।
अबको दुइ देखी अढाई महिनासम्म संक्रमण देखिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकुरले बताए ।
हाल सम्म ७५ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ । यसवाट बढी प्रभावित १० जिल्लामा देश भरी भएका कुल संक्रमित मध्ये ८४ प्रतिशत रहेका छन ।
यस्तै देशभरी देखिएको कुल संक्रमित मध्ये अहिले ७६ प्रतिशत भन्दा बढी ललितपुर, काठमाडौं र मकवानपुर गरी तिन जिल्लामा छन ।
बढी प्रभावित १० जिल्ला अन्तर्गत रूपन्देही, धादिङ, भक्तपुर, तेह्रथुम, सिन्धुली, गुल्मी, संखुवासभा समेत छ ।
डेंगु संक्रमणका केस हाल सरकारी स्वास्थ्य निकायवाट मात्रै रिपोर्ट गरिएकाले संक्रमणको वास्तविक अवस्था अझ बढी हुन सक्छ ।
स्वास्थ्य प्रवक्ता डा.ठाकुरका अनुसार निजी स्वास्थ्य संस्थाबाट समेत तथ्यांक प्राप्त गर्ने प्रणाली विकास गर्न लागिएको छ ।
प्रतिक्रिया दिनुहोस